बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका ३१ वर्षीय बुबाविरुद्धको उजुरी पुस २३ गते मुल्तबीमा राख्ने जिल्ला अदालतले फैसला गरेको छ ।
न्यायाधीश इश्वरमणि ओझाको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७६ फागुन २ गते बलात्कार गरेको भन्दै छिमेकी आफन्तले इलाका प्रहरी कार्यालय कडरबोनामा फागुन ३ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ फागुन ३ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले फागुन ४ गते उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतबाट ०७६ फागुन २० गते पक्राउ पुर्जी जारी भएकोमा आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बैंकबाट सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीलाई सास्ती
बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न सेवाग्रहीले सास्ती व्यहोर्नु परेको छ । रोल्पाको सुनछहरी गाउँपालिकामा रहेको नेपाल एस बी आई बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्नेको भीड लाग्ने गरेकाे छ । जिल्ला…
डेंगु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेंगुका बिरामी
पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेंगु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला…
बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी
सुनकोशी गाउँपालिका–९ कटुञ्जेकी १७ वर्षीया लालीमाया (खत्री) रापचाले कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेण्टरमा नर्सिङ स्टाफ नहुँदा साउन २२ गते दिउँसो बाटोमै नवजात शिशुलाई जन्म दिनु भएको छ । साउन २१…
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…