बलात्कारको घटनाका फरार आरोपित गिरफ्तार

  ०७८ साउन ८ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार अभियुक्त सिन्धुपाल्चोक जिल्लाका २७ वर्षीय टसि बिकलाई मन्थली नगरपालिका–६ भलुवाजोरबाट प्रहरीले साउन ८ गते गिरफ्तार गरेको छ । उनलाई जेल सजायको फैसला भएको ६ वर्षपछि गिरफ्तार गरेको डिएसपी नवराज ढुङ्गानाले बताउनु भयो ।

सर्वोच्च अदालतले ०७२ साल मङ्सिर ६ गते १० वर्ष कैद सजाय सुनाएका बिकले नाम समेत परिर्वतन गरी लुकिछिपि मन्थली नगरपालिका–१ को एक ग्रिल उद्योगमा काम गदैँ आएको डिएसपी ढुङ्गानाले बताउनु भयो ।

 


नबराज पथिक