बलात्कारको कसुर ठहर गर्दै जन्मकैदको फैसला

  ०८० फागुन १ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रोल्पा जेदवाङ घर घोराही उपमनपा–१४ बस्दै आएका २६ वर्षीय मोहन बिकलाई माघ २९ गते  जन्मकैदका फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिकलाई दोषी ठहर गर्दै जन्मकैद र ७ लाख रूपियाँ जरिबाना तथा ५० हजार रूपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले  ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई घोराहीबाट चैत २५ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।


जयनारायण पुन