बलात्कारको कसुरमा २९ वर्ष ६ महिना कैद सजाय
६ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बुबालाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
न्यायधीश उमेशप्रसाद लुइटेलको ०७८ भदौ ३१ गते इजलासले आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार मानबहादुर श्रेष्ठले बताउनु भयो ।
अदालतले बलात्कारको कसुरमा २५ वर्ष र हाडनाता करणीमा चार वर्ष ६ महिना कैद सजाय गरेको हो ।
छोरीलाई ०७७ असार ६ गते बलात्कार गरेको भन्दै बालिकाको आमाले पतिविरुद्ध असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आरोपितलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा असार ७ गते नै गरिएको थियो ।
आरोपितलाई जिल्ला अदालतले ०७७ साउन १ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…