बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

  ०८१ फागुन ६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन ६ गते दोषी ठहर गर्दै चौधरीलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, ३० हजार क्षतिपूर्ति र २ हजार २ सय पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

चौधरीले ०८१ वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको थियो । प्रहरीले आरोपितलाई वैशाख २२ गते गिरफ्तार गरेको थियो ।


जयनारायण पुन