बलात्कारको कसुरमा १२ वर्ष ८ महिना कैद सजायकाे फैसला
१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ०८१ भदौ १६ गते जिल्ला अदालत धादिङले १२ वर्ष ८ महिना कैद सजायकाे फैसला सुनाएकाे छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बस्तोलको इजलासले कसुरदार १८ वर्ष मुनिको बालक भएकोले १२ वर्ष ८ महिना कैद साथै ४ लाख ७३ हजार १ रुपियाँ क्षतिपूर्ति तिर्न फैसला सुनाएकाे जिल्ला अदालतका तहसिलदार तथा सूचनाअधिकारी ध्रुब सुवेदीले जानकारी दिनुभयो । कसुरदारले तिर्ने जरिबानाको रकम पीडितलाई भराउन समेत आदेश दिएको छ ।
जिल्ला अदालतले गरेको फैसलामा कसुरदारले मुद्दा फैसला भएको तीन महिनाभित्र जरिबाना रकम दाखिला गरेमा कसुरदार बालकले पाउने सुबिधा अन्तरगत १० वर्ष ८ महिना कैद छुट भइ २ वर्षमात्र कैद सजाय पाउने फैसलामा उल्लेख छ ।
कसुरदारले आगामी ५ वर्षभित्र कुनैपनि फौजदारी अभियोग प्रमाणित हुने किसिमको कसुर नगर्ने प्रतिवद्धता सहित अदालतमा प्रतिवद्धता जनाएमा कैद छुटको सुविधा लिन पाउने छ । कसुरदारले अदालतमा गरेको लिखित प्रतिवद्धता तोडेमा पूरै समय सजाय हुने छ ।
कसुरदारले बालिकामात्र भएको मौका पारी ०८१ असार २१ गते बालात्कार गरेकोमा पीडित पक्षको सोही दिनको उजुरीकाे आधारमा उसलाई असार २२ गते गिरफ्तार गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा असार २१ गते दर्ता भएको मुद्दा जिल्ला अदालतमा साउन ७ गते दर्ता भइ साउन ८ गते कसुरदारलाई पुर्पक्षका लागि बालसुधारगृह भक्तपुरमा राखिएको थियो । पीडितको असार २२ गते धादिङ अस्पतालमा स्वास्थय परीक्षण भएको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि…
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…