बलात्कारको कसुरमा १० वर्ष कैद सजायको फैसला
३३ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा कालिका नगरपालिका–६ का ४१ वर्षीय विष्णुप्रसाद दुलाललाई १० वर्ष कैद सजाय हुने फैसला भएको छ ।
जिल्ला न्यायधीश केशव अधिकारीको इजलासले माघ ११ गते सो फैसला गरेको श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
पीडितलाई ०७८ असोज १९ गते बलात्कार गरेको भन्दै दुलालविरुद्ध पीडितको आमाले असोज १९ गते रत्ननगर इलाका प्रहरी कार्यालय उजुरी दिनुभएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १९ गते भरतपुर अस्पतालमा गरिएको थियो । दुलाललाई प्रहरीले असोज १९ गते गिरफ्तार गरी कार्तिक ७ गते अदालतमा पेस गरेकोमा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…