बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

  ०८१ फागुन ६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर गर्दै बालकलाई ९ वर्ष कैद, ३ लाख ५० हजार रुपियाँ जरिबाना, ३० हजार रुपियाँ क्षतिपूर्ति र ८ सय रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला भएको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

बालकले ०८० चैत १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण चैत २० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई चैत २० गते गिरफ्तार गरेको थियो ।


जयनारायण पुन