बलात्कारको उजुरी दर्ता गर्न ढिलाइ भएको भन्दै पहलका लागि इन्सेकसँग सहयोग माग
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मालिकार्जुन गाउँपालिका-३ का ३७ वर्षीय गम्भीरसिंह धामीविरुद्ध दिइएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै सहयोगका लागि पीडित पक्षले इन्सेकको सहयोग मागेको छ ।
पीडितका आफन्तले वैशाख ७ गते भएको उक्त घटनाको उजुरी अहिलेसम्म पनि दर्ता नगरेको भन्दै वैशाख ११ गते इन्सेक प्रतिनिधिलाई सहयोगको लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
पीडित पक्षले वैशाख ८ गते प्रहरी चौकी मालिकार्जुनमा निवेदन दिएको थियो । तर, जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थप गरि थप अनुसन्धानका लागि आरोपितको बयान लिने काम जारी रहेको इन्सपेक्टर लालबहादुर साउदले बताए ।
इन्सेक प्रतिनिधिले बलात्कार जस्तो मुद्दा दर्ता गर्नमा ढिलाइ गर्न नहुने भन्दै मुद्दा चाँडो दर्ता गर्न इन्सपेक्टर साउदलाई आग्रह गरेका छन् ।
सरकारी वकिल जिल्ला बाहिर रहेकोले जिल्ला अदालतमा मुद्दा दर्ता गर्न नसकिएको भए पनि वकिल आउने वित्तिकै जिल्ला अदालतमासमेत मुद्दा दर्ता गरिने इन्सपेक्टर साउदले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ८ गते गोकुलेश्वर अस्पताल, गोकुलेश्वरमा गरिएको प्रहरीले जनायो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…