बलात्कारका घटनाका आरोपित गिरफ्तार

  ०८० माघ २८ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाउँपालिका-२ बुढीमोरङका ४१ वर्षीय मोहन इङ्नामलाई माघ २८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८० माघ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २७ गते इलाका प्रहरी कार्यालय, भेडेटारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर होमनाथ अधिकारीले बताउनु भयो ।

 पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २८ गते गरिएको छ ।


ईश्वर थापा