बलात्कारका घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई वैशाख ११ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १० गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।

उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेले बताउनु भयो ।

पीडित बाहिर बाटोमा खेलीरहेको बेला आरोपितले छिमेकीको घरमा बोलाएर  बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  वैशाख १० गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिको डाक्टर नुरूल होदाले  जानकारी दिनुभयो ।


नारायण पराजुली