बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका सिद्धिथुम्का-३ का ५३ वर्षीय तेजराम न्यौपानेलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कारसम्न्धी मुद्दा दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७३ कात्तिक १० गते यौनजन्य दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले कात्तिक ११ गते पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए ।


कोकिला ढकाल