बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
४० वर्षीया सुस्त मनस्थिति भएकी बलात्कार घटनाकी पीडित एकल महिलालाई इन्सेकले ०८० चैत १९ गते आर्थिक सहयोग गरेको छ ।
इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवान, वडा अध्यक्ष दिपेन्द्र कुमार यादव, वडा सदस्य पलास सदायले पीडितलाई संयुक्त रुपमा १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो ।
अर्नमा गाउपालिका—२ का २५ वर्षीय शेखर शर्मा बरहीले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा फागुन १७ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन १७ गते भएको थियो ।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर उदयभान द्धिवेदीले बताउनु भयो ।
पीडितको आर्थिक अवस्था कमजोर रहनुका साथै खानलाउन तथा सुत्ने ओछ्यान समेत नभएकोले पीडितलाई आर्थिक सहयोग गरेको इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले बतउनु भयो । साथै उक्त सहयोगले पीडितलाई कानुनी प्रक्रियाको लागि अगाडि बढ्न र स्वास्थ्य उपचारमा समेत मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भयो ।
त्यसैगरी, पीडितको कानुनी उपचार र आरोपितलाई गिरफ्तार गर्न र जिल्लाको मानव अधिकारको अवस्था बारे छलफल गर्न जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सन्तोष आचार्यसँग भेटघाट गरी छलफल समेत संयोजक पासवानले गर्नु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…