बलात्कार घटनाका कसुरदारलाई सात वर्ष कैद सजायको फैसला

  ०७९ माघ १ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–९ का ३२ वर्षीय विजय कुमार दनुवारलाई जिल्ला अदालत सर्लाहीले पुस २८ गते सात वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कपिलमणी गौतमको इजलासबाट मुद्दाको अन्तिम फैसला गर्दै सात वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई दनुवारले ०७७ असोज १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक ६ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ कात्तिक ६ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो । घटनामा संलग्न कसुरदार पुर्पक्षका लागी सिन्धुली जिल्लाका कारागारमा रहेको जिल्ला अदालतका स्रेस्तेदार आर्यालले जानकारी दिनु भयो ।


बुधन साह