बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई २० हजार रुपियाँ जरिवाना तिराउने, ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउने र ४ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गराउने फैसला समेत गरेको छ ।
ललाईफकाई डरधाक देखाई नियन्त्रणमा लिई आरोपितले २०७९ वैशाख २९ गतेदेखि जेठ ३ गतेसम्म घरमा राखेर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा २०७९ जेठ ६ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण ०७९ जेठ ७ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो ।
आरोपितलाई जेठ ६ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते बलात्कारको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा जेठ २६ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको जेठ २७ गतेको आदेश अनुसार आरोपित पुर्पक्षका लागि बालसुधार गृह विरगञ्जमा छन् ।
अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार प्रहरीले बलात्कारको उजुरी दर्ता र अदालतमा बलात्कारकै अभियोगपत्र दायर भएकोमा दावी परिवर्तन भई बालविवाहमा परिणत भएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…