बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोलका २७ वर्षीय ईम्तियाज अन्सारीलाई ०८१ साउन १९ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०७१ जेठ २२ गते बलात्कार गरेको आरोपमा पीडितका बुबाले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितलाई अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरीले साउन १९ गते गिरफ्तार गरेको डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा ०७१ जेठ २३ गते भएको थियो ।
आरोपितविरुद्ध ०७२ वैशाख ३१ गते जिल्ला अदालतले नौ वर्ष ६ महिना १५ दिन कैद सजायको फैसला गरेको थियो । आरोपितले ०७२ जेठ १४ गते पुनरावेदन अदालत हेटौडामा मुद्दा दर्ता गराएका थिए । पुनरावेदन अदालत हेटौडाले ०७३ जेठ १० गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । ०७७ चैत १ गते जिल्ला अदालतले चलानी नं ९१५० को पत्रका साथ मुद्दाका सबै कागजात सर्वोच्च अदालतमा पठाएको श्रेस्तेदार लालबहादुर कार्कीले बताउनु भयो ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…