बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत २ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय मामालाई चैत १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १९ गते ललाईफकाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा चैत १ गते मौखिक उजुरी दिएका थिए ।

सोही मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धर्म अधिकारीले बताउनुभयो ।

पीडित पक्षले चैत २ गते जिल्ला प्रहरी कार्यालय गोरखामा लिखित उजुरी दिएका छन् ।

प्रहरीले आरोपितविरुद्ध चैत २ गते जिल्ला अदालत गोरखामा जवरजस्तीकरणी कसुर शीर्षक अन्तरगत मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते गोरखा अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती