बलत्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि सुधार गृहमा रहेका १४ वर्षीय बालकले कसुर गरेको ठहर गर्दै जिल्ला अदालतले असोज ९ गते ६ महिना कैदको सजाय सुनाएको छ ।
न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले कसुर ठहर गर्दै ६ महिना कैद सजायको फैसला गरेको हो ।
पीडित बालिकालाई आरोपितले ०७५ साल फागुन २५ गते बलत्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
प्रहरीले सोही दिन आरोपित बालकलाई गिरफ्तार गरेको थियो । आरोपितलाई जिल्ला अदालतले ०७५ चैत १९ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएपछि बालकलाई नेपालगञ्ज बाल सुधार केन्द्रमा पठाइको थियो ।
आरोपित बालकविरूद्ध मुद्दा दर्ता हुँदा उमेर १६ वर्ष उल्लेख भए पनि अदालतको फैसलामा घटना हुँदाका बखत बालकको उमेर १३ वर्ष ३ महिनामात्र रहेको उल्लेख गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७५ साल फागुन २५ गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको थियो ।
बालकको कैद सजायको अवधि भुक्तान भइसकेकोले जिल्ला अदालतले असोज ९ गते कसुरदार बालकलाई अभिभावकको जिम्मामा छोडिदिनु भन्ने पत्र बालकका अधिवक्तालाई दिएको जिल्ला अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले जानकारी दिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्ष र गरिबी निवारण सम्बन्धी स्थनीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…