बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो ।
क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्या रूपमा रहेको छ । यो रोग वंशानुगत गुण, चुरोट, रक्सी सुर्तीजन्य पदार्थ, भाइरल सङ्क्रमण, विषादीयुक्त खाना लगायतका कारण हुने डाक्टर मनोज तिमिल्सिना बताउनुहुन्छ । स्थानीय तहको तीन वर्षको तथ्याङ्क अनुसार स्वास्थ्य उपचारका लागि सङ्घीय सरकारले दिने एक लाख रुपियाँको सहयोग लिनका लागि सिफारिस लिनेहरुको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७८/७९ मा २ सय २४ जनाले सिफारिस लिएका थिए । त्यसैगरी २०७९/८० मा २ सय ९४ जनाले र गत आर्थिक वर्ष २०८/८१ मा ३ सय ६१ जनाले सिफारिस लिएको स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क छ ।
विषादीको प्रयोगको क्यान्सरको जोखिम बढी हुने गरेको इकोलोजीका प्राध्यापक डाक्टर दिनेशराज भुजु बताउनुहुन्छ । विषादीको प्रयोगले स्वास्थ्यमा नकारात्मक पर्ने हुनाले क्यान्सर जस्तो डरलाग्दो रोगको जोखिक बढी हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘विषादीको प्रयोगले जल तथा भुमिमा बसोबास गर्ने मानव, जीवजनावर, पशुपक्षी किटपतिड्गर लगायत जलचर र थलचर प्राणीलाई असर गर्छ । विषादीको प्रयोगले वातावरणमा समेत असर गर्छ । क्यान्सर जस्ता रोगबाट बच्न र पर्यावरणको रक्षा गर्नका लागि समेत विषादीको प्रयोग घटाउन आवश्यक रहेको छ ।’
बर्दियामा एक सय २४ विषादी बिक्री केन्द्र
बर्दियामा १ सय २४ एग्रोभेट रहेको पाइएको छ । बर्दियामा रहेको १ सय २४ एग्रोभेट पसलबाट विषादी बिक्री वितरण हुने गरेको पाइएको हो । विषादीको प्रयोगले वातावरणमा प्रदुषण हुनुको साथै मानव जीवनमा समेत असर पुग्ने गरेको छ । पछिल्लो समयमा कृषि बालीको उत्पादन बढाउने उद्देश्यले विषादीको अत्यधिक प्रयोग हुने गरेको छ । अन्नबाली, तरकारीबाली, फलफुलमा लाग्ने किराबाट जोगाउन अत्याधिक विषादीको प्रयोग हुने गरेको छ । गुलरिया नगरपालिकामा २०, ठाकुरबाबा नगरपालिका ११, बाँसगढी नगरपालिका २१, बारबर्दिया नगरपालिकामा १३, मधुवन नगरपालिकामा २६, राजापुर नगरपालिकामा ८, गेरुवागाउँ गाउँपालिका १५, र बढैयाताल गाउँपालिका १० ओटा विषादी बिक्री वितरण हुने एग्रोभेट रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका वरिष्ठ बागवानी अधिकृत रामप्रकाश यादवले बताउनु भयो । तर खुल्ला सिमानाले गर्दा सिमावर्ती बजारबाट लुकीछिपी समेत विषादी आउने गरेको छ । सिमा नाकाबाट कति विषादी आउँछ भन्ने राज्यसँग नै तथ्याङ्क छैन ।
विषादीयुक्त तरकारी, फलफूलको प्रयोगले क्यान्सरको जोखिम बढाउने क्यान्सर रोग विशेषज्ञ डाक्टर मुकेश यादले बताउनु भयो । उहाँले मल र विषादीले शरीरमा नकारात्मक असर पुर्याउनुको साथै क्यान्सरको जोखिम बढ्ने बताउनु भयो । डाक्ट् यादव बताउनुहुन्छ - ‘विषादीले खेतबारीमा लाग्ने किरालाई मार्ने गर्छ । त्यही विषादी शरीरमा प्रत्यक्ष रूपमा पर्दा त्यसले शरीरमा रहेका कोषहरू नष्ट गर्छ र क्यान्सरको जोखिम बढ्छ ।’ विषादीको प्रयोग गर्दा माक्स लगाउने, पन्जा लगाउने, शरीर पुरा छोपेर विषादी छर्ने गर्नुपर्ने डाक्टर यादवको सुझाब रहेको छ । उहाँले विषादी छर्दा जहाँ छोइन्छ, त्यहाँ साबुन पानीले राम्रोसँग धुनुपर्ने बताउनु भयो ।
किसानमा बढी क्यान्सर
बर्दियामा क्यान्सर पीडितहरूमध्ये अधिकांश किसानहरू रहेको पाइएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले प्रत्यक्ष रुपमा विषादी प्रयोग गर्ने किसानमा बढी क्यान्सर रोग देखिएको बताउनु भयो । उहाँले किसानले खेतबारीमा काम गर्दा सावधानी नअपनाउनाले पनि कृषक नै बढी जोखिममा रहेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘मल बीउको प्रयोग गर्दा किसानहरूले सुरक्षा उपाय अपनाउँदैनन् । विषादीको प्रयोग गरेपछि करिव १५/२० दिन तरकारी फलफूलहरू खेतबारीमा रहन दिनुपर्छ तर किसानले विषादी प्रयोग गरेको केही दिनमा नै बेच्न लैजाने हुँदा पनि क्यान्सरको जोखिम बढिरहेको छ ।’ खेतबारीबाट उत्पादन भएका तरकारी तथा फलफुल विषादी प्रयोग गरेको अवधी पुरा भएपछि मात्र बिक्रीवितरण गर्न समेत ढकालको सुझाव रहेको छ ।
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…