बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्म १० ओट, आर्थिक वर्ष २०८०/८१ मा ६२ ओटा, आर्थिक वर्ष २०७९/८० मा ३६ ओटा, आर्थिक वर्ष २०७८/७९ मा ५० ओटा, आर्थिक वर्ष २०७७/७८ मा ४९ ओटा, आर्थिक वर्ष २०७६/७७ मा ३९ ओटा बलात्कार घटनाका उजुरी दर्ता भएको छ ।
डिएसपी घर्तीमगरले मानसिक, मनोवैज्ञानिक, चेतनाको कमी, बढ्दो मोबाइलको प्रयोग, सामाजिक सञ्जालको प्रभाव, पारिवारिक विश्रृखलता लगायतका कारण बलात्कारका घटना बढेको बताउनु भयो । उहाँले समाजमा यस्ता घटनाहरू दबाउने र लुकाउने क्रम घट्दै गएको र बलात्कारका उजुरी दर्ता गर्नेको सङ्ख्या बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो - ‘प्रहरीले विद्यालय, समुदायमा सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बलात्कारको बोरमा समुदायलाई सचेत बनाउन सके यस्ता घटना कम हुँदै जान्छ । सञ्चार माध्यम र अन्य सरोकारवाला निकाय सबैको प्रयासले यस्ता घटना न्युनीकरण गर्न सकिन्छ ।’
बर्दिया जिल्ला बार एसोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले कानुनमा पीडितको गोपनीयतकको हकको ज्ञारेन्टी गरेको पनि बलात्कारको मुद्दा दर्ता सङ्ख्या बढेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘पहिला पहिला समाजमा आफ्नो र परिवारको बेइज्जत हुने कतिपय घटना बाहिर आउन सकेको थिएन । तर पछिल्लो दिनमा अन्याय सहनु हुन्न भन्ने मान्यताका कारण पनि बलात्कार मुद्दाको सङ्ख्या बढेको हो । अदालतमा आउने मुद्दाको प्रक्रिति हेर्दा नजिकको आफन्त र छिमेकीहरू पीडित भएको देखिन्छ ।’ उहाँले विद्यालय स्तरबाट नै यौन शिक्षासँगसँगै कानुनी शिक्षाको विषय पाठ्यक्रममा समावेश गरेर शिक्षा दिन सके महिला तथा बालिकामाथि हुने बलात्कारको घटना कम गर्न मद्दत पुग्ने बताउनु भयो ।
नेपालको संविधानमा रहेको मौलिक हकको धारा ३८ मा महिलाको हकको उपधारा (३) मा महिला विरुद्ध हुने धार्मिक, सामाजिक, सास्कृतिक, परम्परागत र प्रचलन वा अन्य आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको ज्ञारेन्टी गरिएको छ । धारा ३९ मा बालबालिकाको हक को उपधारा (६) मा कुनै पनि बालबालिकालाई सेवा प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारले शोषण वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । तर सचेतनाको अभावले गर्दा बर्दियामा बलात्कारको घटना बढ्दै गएको हो ।
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…