बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ ।
बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी मन्त्रालय, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय दलित नेटवर्कको संयुक्त पहलमा घर निर्माण गरी १२ घर मुक्त कमैया परिवारलाई हस्तानतरण गरिएको हो ।
०७३ सालमा लालपुर्जा पाएर घर निर्माण गर्न नसकेका १२ मुक्त कमैया घर परिवारलाई सुरक्षित आवासका लागि घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन वर्डले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी मन्त्रालयका मन्त्री बिरबहादुर थापाले यस वर्ष पनि मुक्त कमैया, हलिया र मुक्त कम्लहरीहरुको पुनस्र्थापनका लागि बजेट विनियोजन गरेकोले यसैगरी सबैको हातेमालोमा मुक्त कमैयाहरुको पुनर्स्थापना गर्न सहज हुने बताउनु भयो ।
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले स्थानीय सरकार मुक्त कमैयाहरुको समस्या समाधानका लागि निरन्तर रुपमा पहल गरिरहेको भए पनि मुक्त कमैया हलिया र मुक्त कम्लहरीहरुको पुनर्स्थापनाका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
०७३ सालमा ३२ मुक्त कमैया परिवारलाई भूमिसुधार कार्यालयले लालपुर्जा दिए पनि घर निर्माण गर्न नसकेर ससाना टहरा बनाएर बस्दै आइरहेको भए पनि १२ घर परिवारलाई सुरक्षित आवास भएको र बाँकी २० परिवारका लागि पनि घर निर्माण गरी दिन दानुफँटाका भलन्सा सुजन डगौरो आग्रह गर्नु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…