बम विस्फोटबाट दुई घरमा सामान्य क्षति

  ०७४ वैशाख २९ गते

चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ ।

राप्रपाका स्थानीय कार्यकर्ता माधव खत्रीको घर अगाडि बिहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिण्डर बम विस्फोट भएको खत्रीले बताए ।

बम विस्फोट हुँदा खत्रीको घरको आठ वटा झ्यालका सिसा र पुष्प प्रधानाङ्गको घरको चार वटा झ्यालका सिसा फुटेको महानगरीय प्रहरी वृत्त थिमीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको डिएसपी श्याम ओलीयाले जानकारी दिए । यसअघि वैशाख २७ गते राति १२ बजे लोकन्थलीमा पनि विस्फोटनका लागि राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको थियो ।


सविना केसी