बम विष्फोट घटनाका आरोपित गिरफ्तार
पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको घटनाको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।
कैलाली जिल्ला टीकापुर नगरपालिका–२ का ३१ वर्षीय लक्ष्मण सेठ्ठी, कैलाली जिल्ला भजनी नगरपालिका–४ का ३२ वर्षीय अमृतबहादुर कुमाल र कालिकोट सान्नेत्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय अभिषेक गिरी भन्ने टेकबहादुर बिकलाई गिरफ्तार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।
आरोपितहरूलाई ०७६ चैत ६ गते राजधानीको विभिन्न स्थानबाट गिरफ्तार गरि वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराई म्याद थपका लागि महानगरीय प्रहरी वृत्त थिमीमा पठाईएको एसएसपी थापाले जानकारी दिनुभयो । आरोपित कुमाल प्रतिबन्धित नेकपाका मध्य कमाण्ड ब्यूरो सदस्य तथा सेठ्ठी र विक पार्टी साधारण कार्यकर्ता रहेको अनुसन्धानबाट खुल्न आएको एसएसपी थापाले जानकारी दिनुभयो ।
घटनामा प्रतिबन्धित नेकपाका उपत्यका इन्चार्ज माइला लामाका अङ्गरक्षक कान्छाराम घिसिङको नाममा रहेको प्रदेश ३–०२–००१ प २८३६ नम्बरको मोटरसाइकल प्रयोग भएको प्रहरीले जनाएको छ । घटनाको मुख्य योजनाकार अमृतबहादुर कुमाल रहेको प्रहरी अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताउनु भयो ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा फागुन २८ गते प्रेसरकुकर बम विस्फोट गराइएको थियो । घटनामा सङ्लग्न रहेको आरोपमा फागनु २८ गते नै प्रहरीले प्रतिबिन्धित नेकपाका भक्तपुर जिल्ला सदस्य देव भन्ने देवीबहादुर गुरुङलाई सुकुम्वासी बस्तीबाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका तीनै जनालाई चैत ७ गते जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरि थप अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त थिमीका इन्स्पेक्टर राजिब गिरीले जानकारी दिनुभयो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…