बम विष्फोट घटनाः इन्सेकलगायतका मानव अधिकार संस्थाद्वारा स्थलगत अनुगमन
महेन्द्रनगरमा मङ्सिर २७ गते राति तीन जनाको मृत्यु हुने गरी भएको बम विस्फोटको घटनाका पीडित परिवारलाई इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले स्थलगत अनुगमन गर्दै पीडित परिवालाई भेटेका छन् ।
मङ्सिर २९ गते बेलुका पीडितको घर क्षिरेश्वरनाथ नपा–५ स्थित घटनास्थलमा पुगेका मानव अधिकारको टोलीमा इन्सेक प्रदेश २ संयोजक राजु पासवान, इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंह, द थर्ड एलाइन्सका प्रदेश २ संयोजक विनोद महरा, महिला अधिकारकर्मीहरूलगायतको टोलीले घटनाका प्रत्यक्षदर्शी र पीडित परिवारसँग घटनाबारे जानकारी लिएको छ ।
बम विष्फोट घटनामा घाइते समेत हुुनुभएका घटनाका प्रत्यक्षदर्शी मो.अक्वर मन्सुरी र उहाँकी पत्नी सकिला खातुनले हल्ला सुनेर मृतक राजेश साहको घर आएर राजेश साहसँग किन हल्ला भएको भनी सोध्दा ढोकामा केही वस्तु झोलामा झुन्ड्याइएको भनेर भनेपछि त्यही समय विष्फोट भएको टोलीलाई बताउनुभएको छ ।
टोलीलाई मृतक राजेश साहका काका जगदिश साह र छिमेकी मो.निजाम अन्सारीले घटना १२ः१० मा भएको बताए ।
विस्फोटपछि घटनास्थल आएका मो.निजाम अन्सारीका अनुसार घरमा सुतिरहेको बेलामा ठुलो आवाज आयो, घटनास्थलभन्दा ५० मिटर पर मात्रै आफ्नो घर रहेको बताउनु हुँदै उहाँले आवाजसँगै आफू सुतेको खाटसमेत हल्लिएपछि भूकम्प आएको हो कि भन्ने डर लाग्यो ।
‘मौसम पनि खराब थियो । सिमसिम पानी परि रहेको थियो । बिजुली कटेको थियो ।’–उहाँले भन्नु भयो ।
घटनास्थलमा आइ पुग्दा घटनास्थलमा इन्स्पेक्टर, राजेश साह, आनन्द साहलगायतका प्रहरी जवानलगायतका व्यक्तिहरू भुइँमा रगतले लतपतिएर लडिरहेको अवस्थामा उद्धार गरेर अस्पताल पठाउने तयारीमा रहँदै गर्दा एम्बुलेन्स आएको उहाँको भनाइ छ ।
मो.निजाम अन्सारीले घटनास्थलमा आउने बित्तिकै धनुषा एम्बुलेन्स चालक सङ्घका अध्यक्षलाई फोन गर्दा उहाँले महेन्द्रनगरका लागि दुई ओटा एम्बुलेन्स सोही ठाउँमा रहने गरी भागवण्डा गरिएको जनाउँदै चालकलाइ फोन गर्दा जनकपुरमा बिरामी लिन नआएको गुनासो गर्नुभएको छ ।
घटनास्थल पुग्नु भएका इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानले घटनास्थलको अवस्था निकै कारुणिक रहेको बताउनुभयो ।
घटनामा परी घाइते भएकाहरूको उपचार खर्चको साथै क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभएको छ ।
यसै बिच, मङ्सिर २९ गते नै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महेन्द्रनगरका बम पीडित परिवारको घरमा पुगेर स्थलगत अनुगमन गर्दै पीडित परिवारलाई भेट गर्नुभएको छ ।
मङ्सिर २९ गते बिहान मुख्यमन्त्री लालबावु राउत, प्रदेश २ का मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालगायतको टोली घटनास्थल पुगेर वस्तुस्थितीको अवलोकन गर्नु भएको छ ।
पीडित परिवारलाई भेट्दै मुख्यमन्त्री राउतले बम विष्फोटमा परेर घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने आश्वासन दिएका छन् ।
मृतकका परिवारलाई उपलब्ध गराइने रकमबारे मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने उहाँले जानकारी दिनुभएको छ ।
उक्त टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन साह कलवारलगायतको सहभागिता रहेको थियो ।
बम विष्फोटको घटनामा परी इन्सपेक्टर अमिर दाहालसहित तीन जनाको मृत्यु भएको थियो भने सातजना घाइते भएका थिए ।
घाइतेहरूको उपचार सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…