बम विष्फोट गराएको घटनाका आरोपित गिरफ्तार
पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विष्फोट गराएको घटनाको आरोपमा प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।
घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले लमजुङ्ग मस्र्याङ्दी गाउँपालिका–४ घरभई लोकन्थलीको सुकुम्बासी बस्ती बस्ने ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङ्गलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिनुभयो ।
आरोपित प्रतिबन्धित नेकपाको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले आरोपितलाई सुकुम्बासी बस्तीबाट गिरफ्तार गरेको र आरोपितको साथबाट प्रेसर कुकर, तार, चन्दा रसिद, पर्चा र पम्प्लेटहरू बरामद गरेको एपसी प्रधानले जानकारी दिनुभयो । आरेपितको स्वास्थ्य परीक्षण फागुन २८ गते भक्तपुर अस्पतालमा गरिएको छ ।
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेको बास्कोटाको घरमा फागुन २८ गते बिहान बम विष्फोट गराईएको थियो ।
घटनामा बास्कोटा सहित अन्य तीन घरमा क्षति पुगेको छ । बम विष्फोटबाट स्थानीय कपिल घिमिरे, कुबेर केसी र निरसिंह खत्रीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बास्कोटको घरमा भएको बम विष्फोटको निन्दा र भर्त्सना गरेको छ ।
घटनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति जारी गर्दै नेकपाका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री बास्कोटाको निजी निवासमा भएको बम विष्फोट प्रति भर्त्सना गर्नुभएको हो ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…