बमजस्तो शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज
मोलुङ गाउँपालिका–३ र ४ को सिमाना जोड्ने पक्की पुलको छेउमा मङ्सिर ३ गते बिहान फेला परेको प्रेसर कुकर बम जस्तो देखिने दुई ओटा शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
नेपाली सेनाको अरिदमन गण ओखलढुङ्गाबाट खटिएको बम डिस्पोज टोलीले डिस्पोज गराएको हो ।
पुलको छेउमा स्थानीयले बिहान शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शङ्कास्पद वस्तु फेला परे लगत्तै नेपाली सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ ।
जिल्ला प्रहरीका कार्यालयका डिएसपी सुकदेव खनालले प्रेसर कुकर र टिफिनजस्तो देखिने बट्टा राखेर बाहिर खतरा भनेर लेखेको कागज टाँसिएको र बट्टाबाट तार बाहिर निकालेर पुलको छेउमा छाडिएको बताउनु भयो ।
शङ्कास्पद वस्तु राखिएको ठाउँमा नेपाल कम्युनिष्ट पाटी क्रान्तिकारी माओवादीको पर्चा राखिएको छ ।
मङसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि कसैले त्यस्तो बस्तु राखेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनु भयो ।
प्रहरीले घटनामा संलग्नहरूको खोजे थालेको र भयरहित वातावरणमा मतदान गर्न प्रमुख जिल्ला अधिकारीले आग्रह गर्नु भएको छ ।
सरस्वती बानिया
सम्बन्धित समाचारहरू
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…