बन्धक बालिकाको उद्धार, आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई फागुन १५ गतेदेखि घरैमा बन्धक बनाएको आरोपमा प्रहरीले पीडित बालिकाकी ४७ वर्षीया आमालाई फागुन २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका स्थानीय २१ वर्षीय युवकसँग प्रेम सम्बन्ध राखी भागेको आरोपमा उनलाई फर्काएर घर ल्याएपछि घरैमा फलामको साङ्लाले बाँधी बन्धक बनाएर राखेको भनी स्थानीयले प्रहरीलाई खबर गरेपछि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन पीडित बालिकाको उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोखरेलले जानकारी दिए ।


नारायण पराजुली