बन्धक बनाई कुटपिट घटनाका आरोपितहरू गिरफ्तार
कमलामाई नगरपालिका-४, ढकाल गाउँकी ३८ वर्षीया शारदा थापालाई चार दिनसम्म बन्धक बनाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ६२ वर्षीय एक्कबहादुर खड्का, ३९ वर्षीय मिलन देवकोटा, ३४ वर्षीय निकेश ढकाल, ४२ वर्षीय विष्णु कुमार ढकाल, ३८ वर्षीय इश्वर पोखरेल, ५२ वर्षीय वीर विक्रम ढकाल र पीडितका पति ४२ वर्षीय सन्तोष थापालाई प्रहरीले ०८० पुस ८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई चार दिनसम्म बन्धक बनाई कुटपिट गरेको थाहा पाएपछि प्रहरीले पुस ८ गते उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । पीडितको सिन्धुली अस्पतालमा उपचारपछि पुस ९ गते सेफ हाउसमा राखिएको छ ।
पीडित महिलाले भन्नुभयो, 'मलाई पुस ५ गतेदेखि घरको खाँबोमा बाधेर कुट्पिट भयो, मलाई र मेरो पति सन्तोष थापालाई पनि खाँबोमा मैसँग बाँधियो, पछि पतिलाई खोलियो, मलाई पानी पनि खान दिइएन, न शौचालय नै जान पाएँ । प्रहरीलाई जानकारी गराउन खोज्दा मोवाइल नै अफ गरिदिए । मलाई मार्ने र मृत्यु दर्ता गराउँछौ भन्दौ मदिरा र गाँजा खुवाएर कुट्न लगाए ।'
घरको आँगनछेउ बिजुलीको पोलमुनि अचेत भई लडिरहेको अवस्थामा प्रहरीले पुस ८ गते उद्धार गरेको एसपी सिलवालले बताउनु भयो । उद्धारका गर्दा पनि शारदाको शरीरको आधा भाग पोलको डोरीमै बेरिएको उहाँले उल्लेख गर्नुभयो ।
इन्सेक जिल्ला प्रतिनिधिसँग कुरा गर्दै पीडितले भन्नुभयो, 'घरको खाँबोमा बाधेर कुटपिट गरी रहेको अवस्थामा मलाई बिजुलीको पोलमा लगेर बाँधियो र छाती, टाउको, गोडा लगाएत शरीर र सम्वेदनशील अङ्गमा समेत कुटपिट भयो । आरोपितहरूले बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरे । म बिजुलीको पोलमा बाँधिएको थिएँ । होस आउँदा अस्पतालको वेडमा रहेछु ।'
एसपी सिलवालका अनुसार शारदाका पति सन्तोषले आफूहरूले स्थानीयसँग १ करोड २५ लाख रुपियाँ ऋण लिएको बयान दिएका छन् । बयान अनुसार थापा दम्पतीले काठमाडौँमा जग्गा किन्ने क्रममा उक्त ऋण लिएका थिए । तर, उनीहरूले ऋण तिर्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालयका एसपी सिलवालले भन्नुभयो, 'अचेत अवस्थामा मैले नै शारदाको उद्धार गरेको हुँ, आपराधिक कार्य भएको छ ।'
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…