बन्धक बनाइएका बालकको उद्धार
बन्धक बनाइएका २० दिने शिशुको इलाका प्रहरी कार्यालय, कोहलपुरले कात्तिक १० गते राती उद्धार गरेको छ ।
कोहलपुर नगरपालिका–२ दीपनगरका २८ वर्षीय कुशल थापाले बालकलाई कात्तिक १० बन्धक बनाएर पुजा कोठामा राखिएको अवस्थामा ६ घण्टा छि उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी सुन्दर तिवारी बताउनु भयो ।
उद्धारका क्रममा आरोपितले प्रहार गरेको चक्कुबाट डिएसपी तिवारी हातमा समान्य चोट लागेको थियो । आरोपितको मानिसक सन्तुलन ठिक नभएकोे प्रहरीले जनाएको छ ।
बालकलाई सोही दिन सकुशल परिवारको जिम्मा लागाइएको प्रहरीले जनायो ।
ध्रुबराज शर्मा
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…