बन्द रिडी बजार खुलाउने क्रममा स्थानीय र प्रहरीबिच झडप, दुई जना घाइते
गुल्मीको रिडी क्षेत्रमा रहेको पूर्ववत ५ नम्बर इलाकालाई विभाजन गर्न नहुने र उक्त इलाकालाई एउटै गाउँपालकिा बनाउन तथा त्यसको केन्द्र रिडीमै राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबिच कात्तिक २४ गते भएको झडपमा परी एक जना स्थानीय र एक जना प्रहरी इन्स्पेक्टर घाइते भएका छन् ।
झडपमा रिडी इप्रकामा कार्यरत पाल्पा जिल्ला तानसेन नपा-११ का २७ वर्षीय इन्स्पेक्टर केशवराज भट्टराई र रूरू-६ का २५ वर्षीय दिपक कँडेल घाइते भएका हुन् । घाइते दुवै जनाको रूरू प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । इन्स्पेक्टर भट्टराईको हातमा र स्थानीयबासी कँडेलको टाउको तथा कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।
रिडी नाका खुलाउन माईकिङ् गरेर बल प्रयोग गर्नेक्रममा भएको झडपमा घाइते भएको इन्स्पेक्टर भट्टराईले बताए । 'चारै तिरबाट निस्केका आन्दोलनकारीले अन्धाधुन्दा ढुङ्गा प्रहार गरेपछि झडप भएकाले ६ राउण्ड अश्रृग्याँससमेत प्रहार गर्यौँ ।'- भट्टराईले भने ।
विकसित स्थितिलाई ध्यान दिँदै डिएसपी महेन्द्र नेपालको नेतृत्वमा थप सुरक्षाकर्मी रिडी पठाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । रूरू क्षेत्रको गाउँपालिकाको नाम रूरू नै राखिएपनि केन्द्र भने घिउवेशीमा राखिएको विरोधमा रिडीबासी आन्दोलित भएका हुन् । रिडी क्षेत्रमा रहेको जिल्ला विकास समितिको इलाका नं ५ मा बलेटक्सार, बम्घा, थानपति, ग्वादी, रिमुवा र रूरू गाविस गरी ६ ओटा गाविस रहेका छन् ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…