बन्दले जिल्लाको जनजीवन प्रभावित
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । बिहानै देखि जिल्ला भित्रने र बाहिरीने कुनै सवारी साधन नचलेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेम श्रेष्ठले बताए । जिल्लाको क्षेत्र पूर्णरूपमा बन्द भएको छ । जिल्लामा भारतिय सैनिकहरूको पेन्सन वितरण भइरहेकाले विभिन्न स्थानबाट सदरमुकाम आउने सेवाग्राही बढी प्रभावित भएका छन् । गाउँबाट सदरमुकाम तम्घास आउने बिरामी, यात्रु, सेवाग्राही तथा विद्यार्थीहरू बन्दको प्रभावमा परेका छन् ।
जिल्लाको सुरक्षा ब्यवस्था मिलाउन आवश्यक सुरक्षाकर्मीको टोली तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…