बन्दको अवज्ञा गरेको आरोपमा सवारीसाधनमा तोडफोड, एक जना घाइते
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट मोरङ कटारी-२ घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय राजेश माझी घाइते भएको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी मित्रबन्धु शर्माले बताए । निधारमा चोट लागी घाइते भएका माझीको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी बन्दकर्ताले राधेराधेमै बा ७ च २१५० नम्बरको कारमा आक्रमण गरी कारको सिसा फुटाएको प्रहरीले जनाएको छ ।
बन्द गराउँदै हिँडेको आरोपमा भक्तपुरको सूर्यविनायकबाट माओवादी निकट मजदूर सङ्गठनका केन्द्रीय सदस्य युवराज आचार्य, जिल्ला अध्यक्ष विक्रम आचार्य, विप्लव समूहको भक्तपुर जिल्ला सचिव कुशल बोगटी र अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सचिव चित्रकमल ओलीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पेट्रोलीयम पदार्थको मूल्य वृद्धिलगायतको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पुस ७ गते उपत्यका बन्दको आह्वान गरेको थियो । उपत्यकामा बन्दको प्रभाव समान्य रहेको थियो ।
सविना केसी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…