बन्दको अवज्ञा गरेको आरोपमा स्कुटरमा आगजनी
नेकपा एमालेको मेची महाकाली अभियानलाई लक्षित गरी मधेसी मोर्चाले फागुन २९ गते आह्वान गरेको रुपन्देही बन्दको अवज्ञा गरेको आरोपमा रमवापुर चोकमा लु.१५प.७५५८ नम्बरको स्कुटरमा पेट्रोल छर्केर जलाएको प्रहरीले आरोप लगाएको छ ।
आगजनीपछि स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसैगरी सोही दिन विवाहका लागि कपिलवस्तुतर्फजन्ती लिएर जाँदै गरेका सवारीधनी सिद्धार्थ नपा-७ का २० वर्षीय सरोज पुनलाई मोर्चाका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएका छन् । कुटपिटबाट घाइते भएका पुनको शरीरभरी निलडाम बसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
प्रहरीले स्कुटीमा आगजनी र कुटपिटमा संलग्न रहेको आरोपमा फागुन २९ गते नै चारजनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गोनाहा गाविस-९ का वसिउद्धिन खान, कम्हरिया गाविस-६ का राजकुमार यादव, करौता गाविस-३ का जमालुद्धिन मुसलमान र कम्हरिया गाविस-६ का नजामुद्धिन मुसलमानलाई कम्हरिया गाविसको रमवापुर चोकबाट फागुन २९ गते दिउँसो गिरफ्तार गरेको प्रहरीले छ । कुटपिट घटनाका पीडितको भिम अस्पताल भैरहवामा उपचार गरिएको डिएसपी पाण्डेले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…