बन्दका क्रममा बम विष्फोट, जनजीवन प्रभावित

  ०७४ असार २७ गते

पाल्पा सदरमुकाम तानसेनको भगवतीटोल स्थित आँखा शिविर नजिकै असार २७ गते बिहान बम विष्फोट भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आह्वान गरेको बन्दको दिन बिहानै भएको विष्फोटको जिम्मा भने हालसम्म कुनै पक्षले नलिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विष्फोटबाट जनधनको क्षति नभएता पनि स्थानीयबासी आतङ्कित भएका छन् । अज्ञात समूहबाट भएको विष्फोटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलयका एसपी हरिराज वाग्लेले बताए ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था समेत बन्द छन् । प्रेस, मानव अधिकार, एम्बुलेन्स, सुरक्षा निकाय, दुध र पानीका गाडीहरू भने निर्वाध सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यज्ञमूर्ति तिमिल्सिना