बन्दका कारण संस्थागत विद्यालयकाे पठनपाठन अवरुद्ध
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव संसदबाट पारित गर्न लागेको भन्दै सोको विरुद्ध नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग, नेकपा एकिकृत समाजवादीको विद्यार्थी सङ्गठन, नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा लगायत राजनीतिक दल र तीनका भातृ संस्था लगायत पाँच कम्युनिष्ट पार्टीहरूले फागुन ४ गते गरेको नेपाल बन्दको जिल्लामा मिश्रीत प्रभाव परेको छ ।
बन्दका कारण संस्थागत विद्यालय नखुल्दा ४ हजार भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध भयो । कोभिड–१९ का कारण लामो समय बन्द रहेर फागुन १ गतेबाट सञ्चालनमा आएका विद्यालय नेपाल बन्दको कारण पठनपाठन हुन नसकेको हो ।
बिहान सबेरैदेखि चल्ने लामो रुटका दोलखा–बर्दिवास, झापा, वीरगञ्ज, काठमाडौँ रुटमा चल्ने सार्वजनिक यातायातका साधन बिहान ९ बजेसम्म चलेनन् । निजी सवारी भने साधन सामान्य रूपमा सञ्चालनमा आएका थिए ।
बन्द आह्वानकर्ताहरूले सदरमुकाम चरिकोट लगायत जिल्लाका मुख्यमुख्य बजार जिरी, बाघखोर लगायत स्थानमा एमसीसी विरुद्ध प्रचारात्मक भित्तेखन, पम्प्लेटिङ्ग नारा सहितको जुलुस निकालेका थिए । बन्दलाई सफल पार्न बन्दकर्ताहरूले फागुन ३ गते बेलुकादेखि नै आह्वान गर्दै कोणसभा समेत गरेका थिए ।
उद्धव पाखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…