बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित
सङ्घीय गठबन्धन तथा थरुहट /थारुवान सङ्घर्ष समिति कैलालीले सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वमा झापा, मोरङ्, सुनसरी बिनाको अपूरो संविधान संशोधनको विरोधमा मङ्सिर १७ गते पत्रकार सम्मेलनमार्फत विभिन्न आन्दोलन खाकाहरू सार्वजनिक गर्दै मङ्सिर २४ गते कैलाली र कञ्चनपुरमा आमहडतालको घोषणा गरेको थियो ।
इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढीद्वारा मङ्सिर २४ गते धनगढी उमनपामा गरेको अनुगमनका क्रममा धनगढी बजारलगायत आसपासका बाजारहरू पनि बन्द रहेका छन् । यस क्षेत्रमा सञ्चालन हुने उद्योगधन्दा, कलकारखाना, लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका साधन ठप्प, सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहँदा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । हालसम्म कुनै अप्रिय घटनाहरू नभएको पाइएको छ । बन्दका क्रममा रिक्सा र मोटरसाइकल मात्रै सञ्चालनमा रहेका छन् ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको आमहडतालका कारण मङ्सिर २४ गते कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधन नचलेकाले भारतबाट फर्केने हजारौ यात्रुहरू सिमावर्ती क्षेत्र गड्डाचौकी र महेन्द्रनगर बसपार्कमा अलपत्र परेका छन् । यसैगरी जिल्लाका शैक्षिक संस्थाहरू बन्द भएका कारण विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । तर, महेन्द्रनगरका बजारहरू भने खुला नै रहेका र मोटरसाइकल सञ्चालनमा रहेका छन् ।
इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, धनगढी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…