बन्दकर्ताद्वारा जीप र मोटरसाइकल तोडफोड
सरकारले संसदमा दर्ता गरको संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका १२ औँ दिन मङ्सिर २६ गते बन्दकर्ताले जीप र मोटरसाइकल तोडफोड गरेका छन् ।
एकाबिहानै बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सदरमुकाम नजिकैको अर्खले भन्ने स्थानमा एउटा जीप र एउटा मोटरसाइकल तोडफोड गरेका छन् । सदरमुकाम तम्घासबाट गाउँतर्फ जाँदै गरेको लु ६ प ९९१८ नम्बरको मोटरसाइकल र मजुवाबाट सदरमुकाम आउँदै गरेको लु १ च ६५५५ नम्बरको जीपमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले मोटरसाइकलको सिसा फुटाइदिएका छन् भने टायरको हावासमेत खुस्काइदिएका छन् ।
धुर्कोटबाट सदरमुकाम आउँदै गरेको लु १ च ६५५५ नम्बरको दुध बोक्ने गाडीले १० लिटर मदिरा बोकेर ल्याएको थाहा पाएपछि बन्दकर्ताले जीपलाई नियन्त्रणमा लिएर टायरको हावा खुस्काइदिएका छन् । त्यस्तै बन्दको समयमा मुसिकोटबाट तम्घास आउँदै गरेको लु १ ज १६५५ नम्बरको जीपले यात्रुसँग दोब्बर भाडा लिएको आरोपमा बन्दकर्ताले नियन्त्रणमा लिएका छन् । बिहान सदरमुकाम आसपासको क्षेत्रमा बन्दको अवज्ञा गरेको आरोपमा १३ ओटा मोटरसाइकल, तीन ओटा बस, ६ ओटा जीप र दुई ओटा ट्याक्टर बन्दकर्ताले नियन्त्रणमा लिएका छन् ।
सबै सवारी साधनलाई साँझ बन्द खुला भएपछि मात्र छाडिदिएको आन्दोलन परिचालन कमिटीका सदस्य दुर्गाप्रसाद पाण्डेयले बताए । जिल्लाका विभिन्न स्थानमा ढुङ्गा तेर्स्याएर बाटो अबरुद्ध गरिएको छ । साथै जिल्लाका सबै एम्बुलेन्सहरूले विरोध स्वरुप गाडीमा कालो पट्टी बाँधेर सञ्चालन गरिरहेका छन् ।
हिजो पनि जिल्लाका विभिन्न स्थानमा तीन दर्जन यातयातका साधन बन्दकर्ताले नियन्त्रणमा लिएका थिए । अनिश्चतकालिन बन्दले जिल्लामा दैनिक ज्याला मजदुरी गर्ने मजदुर, यात्रुहरूसमेत मर्कामा परेका छन् । सरकारी कार्यालयका सेवाहरू पूर्ण रूपमा ठप्प भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले आन्दोलनका क्रममा अप्रिय घटना हुन नदिन प्रहरी सचेत रहेको बताए । आज भएको घटनाका सम्बन्धमा छानबिन भइरहेको समेत जानकारी दिए ।
इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार संविधान संशोधन प्रस्तावको विरोधमा प्यूठान जिल्लाका राजनीतिक दलहरूले संयुक्त रूपमा मङ्सिर २६ गते एक घण्टा यातायात बन्द गरेका छन् ।
अखण्ड ५ नं. प्रदेशको माग गर्दै दुई हप्तादेखि जारी आन्दोलन अन्तर्गत दोस्रो चरणको आन्दोलनको पहिलो दिन उनीहरूले प्यूठानको सदरमुकाम खलङ्गा, व्यापारिक केन्द्र बाग्दुला र बिजुवारको जुम्रीमा दिउँसो दुई बजेदेखि तीन बजेसम्म एक घण्टा यातायात बन्द गरेका हुन् ।
बन्द कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तुल्सीराम शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खडका, नेपाली काङ्ग्रेसका अध्यक्ष अमर भण्डारी र मालेका सचिव धनेश्वर गौतम लागयतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आज सन्धिखर्कमा आज महिलाहरूले थाल जुलुस निकालेर संविधान संशोधन प्रस्तावको विरोध गरे ।
प्रदर्शनकारीहरूले दिउँसो सदरमुकाम सन्धिखर्कको शान्ति बगैँचाबाट सुरु गरी बजार परिक्रममा गरिेर पुनः शान्ति बगैँचामा कोणसभा गरेर संशोधन प्रस्तावको विरोध गरेका थिए ।
संविधान संशोधनको विरोधमा आज पनि जिल्ला बन्द कार्यक्रम यथावत राखेकाले जनजीवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले २० ओटा सवारी साधनलाई नियन्त्रणमा लिएर साँझ ५ बजेपछि छोडिदिएको बताए ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नगरेको भन्दै आन्दोलन परिचालन कमिटीको मङ्सिर २६ गते बसेको आन्दोलन परिचालन कमिटीको बैठकले आन्दोलन शसक्त पार्ने निर्णय गरेको जानकारी दिइएको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…