बन्चरो प्रहार गरेर आमाको हत्या, आरोपितद्वारा आत्मसमर्पण

  ०७५ मङ्सिर ६ गते

जैमिनी नपा-१० राङ्खानीकी ९० वर्षीया हरिकला श्रीषलाई बन्चरो प्रहार गरी ६० वर्षीय छोरा कर्णबहादुर श्रीषले हत्या गरेको प्रहरीले जनाएको छ ।

हरिकलालाई आरोपितले मङ्सिर ५ गते राति सामान्य विवादको क्रममा आमालाई बन्चरो प्रहार गरेर हत्या गरेर मङ्सिर ५ गते कुश्मिसेरा, प्रहरी चौकीमा आत्मर्समर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले जानकारी दिए ।

आमाले आफूलाई सधैँ गालीगलौज गर्ने गरेकाले सहन नसकेर हत्या गरेको श्रीषले प्रहरीलाई बताएको जनाइएको छ ।

मृतक हरिकलाले केहि दिन पहिले बागलुङ सदरमुकममा रहेको भारतिय पेन्सन क्याम्पबाट पेन्सन बुझेर गएको र सोही पैसाको विवादमा आमाको हत्या गरेको हुनसक्ने स्थानीहरूको भनाई छ ।

शव पोष्टमार्टमका लागि मङ्सिर ५ गते धौलागिरि अञ्चल अस्पताल, ल्याइएको प्रहरीले जनाएको छ ।


सिर्जना पन्त