बन्चरो प्रहार गरी श्रीमतिको हत्या, घटनाका आरोपित फरार
छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्थित पिपलतराकी ३३ वर्षीया पानसरा सुनारलाई ०७९ मङ्ंसिर ८ गते दिउँसो ११ बजेतिरको समयमा श्रीमान छेडागाड नगरपालिका –१३ कार्कीगाउँ स्थित पिपलतराका ३८ बर्षिय भद्र बहादुर सुनारले धारिलो हतियार प्रहार गरिहत्या गरेको भन्दै ०७९ मङ्ंसिर ११ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा पीडितका आफन्तले उजुरी दिएका छन् ।
पानसरालाई बन्चरो प्रहार गरी टाउकोमा चोट लागेको र स्थानीयले मृत अवस्थामा घटना घटेको दुई दिन पछि ०७९ मङ्ंसिर १० गते रातीमात्र थाहा पाएको स्थानिय डम्बर बहादुर सिंहले जानकारी दिनु भयो ।
महिला घरमा काम गरीरहेको समयमा घरायसी बिषयमा कुराकानीगर्ने क्रममा विवाद भएपछि पानसरालाई घरभित्रै लिएर बन्चरो प्रहार गरी हत्या गरिएको गाउँलेको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालयमा ०७९ मङ्ंसिर ११ गते उजुरी गरे लगत्तै गिरफ्तारकालागी घटनास्थलमा प्रहरी परिचालन भएपनि भद्र बहादुर भने फरार भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष निरौलाले जनाकारी दिनु भएको छ । डीएसपी निरौलाले भन्नु भयो घटनाका दोषि फरार रहेको भएपनि खोजीकार्य भने जारी रहनेछ ।
शवको जिल्ला अस्पताल जाजरकोटमा ०७९ मङ्ंसिर ११ गते पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ । मृतक पानसराकी १८ बर्षिया एक छोरी र १३ बर्षिय एक छोरा रहेका छन् ।
दिनेश कुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…