बन्चरो प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
दैलेख सालखर्ककी ३६ वर्षीया खगीसरा सुनारलाई बन्चरो प्रहार गरी कात्तिक १० गते राति हत्या गरेको आरोपमा उनका ३९ वर्षीय पति मिनबहादुर सुनारलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।
भारतको सिमलामा मजदुरी गर्ने मीनबहादुरसँगै बर्दियाको सोरहवा-३ बस्ने दाजु दलबहादुर सुनारको घरमा भेटघाटका लागि आएका बेला सामान्य विवाद हुँदा बञ्चरोले प्रहार गर्दा घटनास्थलमै खगीसराको मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृतक महिलाको टाउको, घाँटी र निधारमा बन्चरोले प्रहार गरेको घाउ रहेको छ । आरोपित मिनबहादुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी नेत्रमणि गिरीले बताए ।
मृतक महिलाको शवको पोष्टमार्टम कात्तिक ११ गते जिल्ला अस्पताल गुलरियामा गरिएको डिएसपी गिरीले बताए ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…