बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।
घरमा बसिरहेकी पीडित महिलालाई मङ्सिर ३० गते बिहान आरोपितले एक्कासी टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताए । आरोपितले प्रहरी समक्ष अपराध स्वीकारेको पनि प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि राप्ती उप क्षेत्रीय अस्पतालमा राखिएको छ । घरायसी विवादका कारण घटना भएको भन्ने प्रहरी समक्ष आरोपितले बताएका छन् ।
आइतीले छोरा नजन्माएको आरोपमा पतिले यसअघि पनि पटक पटक कुटपिट गर्दै आएकाले हत्या गरेको छिमेकीले आरोप लगाएका छन् । आइतीका सात जना छोरी रहेका छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…