बन्चरो प्रहार गरि सौताको हत्या
दार्मा गाउँपालिका-३ फारूलाचौरकी ३२ वर्षीया रूपा खत्रीलाई पुस २६ गते बिहान उनकी २६ वर्षीया सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य झगडाको विषयलाई लिएर कान्छीले जेठी सौताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकले जानकारी दिए ।
घटनापछि कल्पना चन्द फरार रहेको प्रहरीले जनाएको छ । मङ्सिर २५ गते राति १० बजे दुई सौताबिच झगडा भएपछि बिहान १ बजे कल्पना चन्दले बन्चरो प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।
फरार चन्दको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी बिकले जानकारी दिए । शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा भएको छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…