बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार
बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक २० गते राति महिनावरी भएको समयमा घरबाट केही पर गोठमा सुतिरहेको अवस्थामा आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी तुलसी अधिकारीले बताए ।
बन्चरो प्रहारबाट मृतकको टाउको, अनुहारलगायतका शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
जग्गासम्बन्धी विवादका कारण बुहारीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनायो । फरार रहेका हत्याका आरोपित ईश्वरीदत्त भट्टको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
कोमलनिरञ्जन भाट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…