बाढीले बगाएको पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई सास्ती
जयपृथ्वी नगरपालिका–३ कुसापनी र मष्टा गाउँपालिका–१ कुर्यापानी सिमा भएर बग्ने डुङ्री खोलामा स्थानीयहरुले निर्माण गरेको पुल बाढीले बगाएपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
भदौ १५ गते आएको बाढीले पुल बगाएको भएपनि पुनर्निर्माण हुन नसक्दा त्यस क्षेत्रका ३५ घरपरिवारका १ सय ५० जना भन्दा बढी व्यक्तिहरुको आवतजावत बन्द भएपछि उहाँहरुको दैनिकी कष्टकर बनेको हो ।
बाढीले पुल बगाएपछि खाद्यन्न खरिद गर्न र उपचार गर्न सदरमुकाम चैनपुर आउन बन्द भएको स्थानीय महेश खडकाले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँलेहरु मिलेर काठेपुल निर्माण गरेर आवातजावत गर्न सकिएको थियो । बाढीले पुल बगाएपछि बालबालिकाहरु स्कुल जान पाएका छैनन् । बिरामी व्यक्तिलाई उपचारका लागि सरदमुकाम लिन सकिएको छैन् । निर्वाचनको समयमा नेताहरुले पुल निर्माण गछौँ भन्छन् । तर, वर्षौ वितिसक्दा पनि कसैले चाँसो दिएका छैनन् ।’
स्थानीयहरुले निर्माण गरेको पुल बगाएपछि बिरामीहरु जिल्ला अस्पताल जान र स्वास्थ्य चौकीसम्म पुग्न पनि समस्या उत्पन्न भएको स्थानीय दिपक खडकले गुनासो गर्नु भयो ।
पुल बगाएपछि बालिबालिकाहरु नजिकै रहेको मष्टा माध्यमिक विद्यालयसम्म पनि जानबाट वञ्चिन भएका र मेलापात गर्न समस्या भएको स्थानीय ग्यानादेवी खडकाले गुनासो गर्नु भयो ।
मष्टा माध्यामीक विध्यालयमा अध्ययनरत छात्रा सर्मिला खडकाले बाढीले पुल बगाएपछि एक हप्तादेखि विद्यालय जान नपाएको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘पुल कहिले निर्माण हुने हो थाँहा छैन् । कसैले पहल गरेका पनि छैनन् । पढाई छुट्ने भयो ।’
कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरु भदौ १५ गतेदेखि सञ्चालन गरिएको भएपनि बाढीले पुल बगाएपछि माष्टा माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थी र पाण्डु माध्यमिक विद्यालयमा अध्ययरत ७० जना विद्यार्थी स्कुल जानबाट वञ्चित हुँदै आएको मष्टा गाउँपालिका शिक्षा संयोजक पित्थुराज जोशीले बताउनु भयो ।
बाढीले पुल बगाएपछि मष्टा गाउँपालिका–१ स्थित कोटदेव स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्रहीहरुलाई समस्या उत्पन्न भएको स्वास्थ्य संयोजक रमेश खडकाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जिल्ला अस्पतालबाट स्वास्थ्य चौकीका लागि चाहिने आवश्यक औषधि ल्याउन पनि समस्या भएको छ ।’
मष्टा गाउँपालिका–१ का अध्यक्ष राजेन्द्र थापाले समयमै पुल निर्माण गर्न नसकिएको कारण ज्येष्ठ नागरिक, गर्भवति, सुत्केरी, असक्तहरुलाई थप समस्या उत्पन्न भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बालबालिकाहरु विद्यालय जान सकेका छैनन् । उपचारका लागि स्वास्थ्य चौकीसम्म पुग्न समस्या भएको छ । पुल निर्माणका लागि पहल गरिरहेको छु ।’
बाढीले बगाएको पुल जयपृथ्वी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने भएकोले दुवै स्थानीय तहहरुले समन्वय गरेर पुल निर्माण गर्न सकिने मष्टा गाउँपालिकाका प्रमुख विरेन्द्र खडकाले बताउनु भयो ।
उत्तमकुमार थापा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…