बटेश्वर स्थित शिवशक्ति माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थी धर्नामा
बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी ११ महिना सम्मको तलब नपाएका कारण वैशाख २४ गते देखि धर्नामा बसेका छन् ।
पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरू विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका हुुन् । यसअघि पहिलो चरणमा उनीहरूले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । शिक्षकहरूको आन्दोलनले पठनपाठन प्रभावित भएको छ । वैशाख २६ गतेदेखि शिक्षकहरूको आन्दोलनलाई विद्यार्थीहरूले समेत समर्थन गरेका छन् ।
शिक्षक तथा कर्मचारीहरू तलबभत्ताको माग गर्दै धर्नामा बसेपछि विद्यार्थी पनि आन्दोलित भएका हुन् । विद्यार्थी भने नियमित कक्षा सञ्चालनको माग गर्दै आन्दोलन थालेका हुन् ।
शिक्षक–कर्मचारीले वैशाख १२ गते विद्यालयका प्राधानाध्यापक प्रमोद शरण केवटलाई ज्ञापन बुझाउँदै यथाशीघ्र माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी सहितको ज्ञापन पत्र बुझाएका थिए ।
उक्त विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहकी अध्यक्ष उमा कुमारी महतोले शिक्षकहरू धर्नामा बस्नाले विद्यार्थीहरू शिक्षाको अधिकारबाट वञ्चित हुनु परेकाले शिक्षा प्राप्तिको अपेक्षामा शिक्षकहरूका माग सम्बोधन गराउनका लागि बाध्य भएर शिक्षकहरूको समर्थन गर्नु परेको बताउनु भयो ।
विद्यार्थीले प्रधानाध्यापक र प्रशासन कक्षमा तालासमेत लगाइदिएका छन् । प्रधानाध्यापक प्रमोदशरण केवटले नियमित पठनपाठन सञ्चालनमा तदारुकता नदेखाएपछि वैशाख २८ गते कार्यालय कक्षमा ताला लगाएको विद्यार्थीको भनाइ छ ।
पढाई ठप्प हुँदा अध्ययनमा असर परिरहेकोले तत्काल पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरूको माग रहेको विद्यार्थी उमाकुमारी महतोले बताउनुभयो । शिक्षक धर्नादेखि हाम्रो कुनै सरोकार नरहेको प्रस्टयाउँदै उहाँले विगत एक–डेढ वर्षदेखि राम्ररी पढाई नभएको जानकारी दिनुभयो ।
प्राधानाध्यापक केवटले विद्यालयको स्वामित्वमा रहेको जग्गा वहालमा लिएका व्यवसायीहरू, हाटबजारका लागि उपयोग हुने जग्गाका ठेकेदार बटेश्वर–५ कालिपुर निवासी राज कुमार महतोले अघिल्लो आर्थिक वर्षको ५ लाख २५ हजार रकम पछिल्लो पाँच महिना देखि उपलब्ध नगराएको र विद्यालयको जग्गामा खेति गर्ने चार पाँच जना वहालकर्ताहरूले रकम चुक्ता नगरेका कारण पनि शिक्षकहरूलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताउनु भयो ।
गाँउपालिकाले २०७९ कात्तिक महिनामा शैक्षिक व्यवस्थापन र विद्यालय सञ्चालनको शिर्षकमा रु १५ लाख पठाएको तर पहिले कै बाँकी पारिश्रमिक भुक्तानी गरिएकोले हाल उक्त रकमको पस्र्यौट हुन बाँकि रहेको शिक्षा शाखा प्रमुख रामलाल महतोले बताउँनु भयो । उहाँका अनुसार उक्त विद्यालयले पालिकाको सहमति विना र जिल्ला समन्वय समितिले प्रदान गरेको अनुमति संख्या भन्दा बढि शिक्षकको नियुक्ति गर्नाले सो समस्या आएको बताउनु भयो ।
वडा–४ का वडा अध्यक्ष निरज कार्कीेले यस समस्या अल्पकालिन समाधानका लागि शिक्षकहरूको अविलम्व पारिश्रमिक भुक्तानीका लागि व्यवस्था मिलाउनु पर्ने र दिर्घकालिन समाधानका लागि दरबन्दी बमोजिम शिक्षक नियुक्त गर्नु पर्ने बताउनु भयो । उहाँले केहि दिन अघि शिक्षक समितिको बैठकमा उक्त समस्या समाधानका लागि हाल आन्दोलनरत शिक्षकहरूका प्रतिनिधिहरूको छलफलमा उनीहरूले रकमको भुक्तानी पाएमा राजीनामा दिन तयार भएको बताएको जानकारी गराउनु भयो ।
विद्यालयका ५५ जना शिक्षकमध्ये दरबन्दीका शिक्षकबाहेक १९ जना शिक्षक तथा कर्मचारी धर्नामा बसेका छन् । तलबभत्ता नपाएसम्म धर्ना कार्यक्रम जारी रहने उहाँहरूको भनाइ छ ।
२०७८ साउन महिनादेखि तलब भत्ता नपाएको उहाँहरूको गुनासो छ । तलबभत्ता नपाउँदा साधारण जीवन यापन गर्नसमेत आर्थिक सङ्कट भएको दुखेसो शिक्षकहरूको छ ।
उक्त विद्यालयले अवकाश प्राप्त लक्ष्मेश्वर मण्डल र धर्मेन्द्र यादवलाई समेत पुनः नियुक्ती दिएर विद्यालयको भार बढाएको र अनावश्यक रुपमा शिक्षक नियुक्त गरेको कारण यस्तो समस्या सिर्जना भएको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिको गठन गर्न समेत प्रधानाध्यापक तयार नरहेकोले यस्तो समस्या आएको आरोप समेत लगाउनु भयो ।
उहाँले समस्या समाधानका लागि नेतृत्व लिन तयार रहेको बताउँदै समस्या समाधानका लागि आवश्यक सहजिकरण र सहयोग गर्न इन्सेकलाई समेत अनुरोध गर्नु भएको छ ।
बटेश्वर गाउँपालिका शिक्षा शाखाका प्रमुख रामलाल महतोले विद्यालयको निजी श्रोत र नमूना अनुदानका शिक्षक तथा कर्मचारीलाई स्थानीय तहबाट तलबभत्ता उपलब्ध गराउन नसकिने बताउनुभयो ।
यसै वैशाख २७ गते बीच मानव अधिकार समूह बटेश्वरका अध्यक्ष सुरज महतोको नेतृत्वमा विद्यालयको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…