बटेश्वरमा बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

  ०७९ फागुन १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध फागुन १९ गते लवकुश बजारमा सडक नाटक प्रदर्शन गरेको छ । मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार सचेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो ।

sadak 1
“दाइजो प्रथा रोकथाम र बालविवाहले निम्त्याएको समस्या” नामक सडक नाटकमा समुदायमा दाइजो प्रथा यथावतै रहेको कारणले छोरीलाई कम उमेरमै विवाह गरिदिने र छोरीलाई संसार देख्नबाट वञ्चित गर्ने नियतले महिलाको गर्भमै बच्चा मार्ने सम्मको क्रियाकलाप हाम्रो समुदायमा यथावत रहेको कुरा दर्साउन खोजेको थियो । छोरा जन्मिदा घरमा बुहारीलाई स्विकार गर्ने र तामझामका साथ स्वागत गर्ने तर छोरीको जन्म हुँदा आमा र बच्चालाई हेला गर्ने गरेको घटनाप्रति सडक नाटक केन्द्रित रहेको थियो । यस्ता विकृति र कुरीतिलाई अन्त्य गर्न र हामी समुदायका व्यक्तिहरू सचेत हुनुपर्ने नाटक मार्फत् सन्देश दिन खोजिएको बाल अधिकार सचेतना समूहका अध्यक्ष समेत रहनुभएका सडक नाटकका लेखक तथा निर्देशक रुपेश कुमार सिंहले बताउनुभयो
सडक नाटकमा बाल अधिकार सचेतना समूहका सिता सिंह, अमृता सिंह, अखिलेश महतो, सन्दिप महतो, कृष्णा राउत, बसन्त महतो, विवेशक महतो, विवेक यादव, काजल महतो, रन्जु महरा र रुपेश कुमार सिंहलगायतले मञ्चन गर्नुभएको थियो ।
सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, संस्थाका प्रतिनिधीहरूलगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो ।

sadak 6


दिपेन्द्र प्रसाद सिंह