बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार
क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।
घरायसी विवादका कारण सुन्दरकलालाई साउन २८ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई प्रहरीले आज गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी नकुल पोखरेलले बताए ।
साउन २८ गते घाँस काट्न भनेर घरबाट सँगै गएका कुशे साँझ एक्लै घर फर्केपछि उनकी पत्नी सुन्दरकला देवीको खोजी सुरु भएको थियो ।
छिमेकी र सुन्दरकला देवीको माइती परिवारले सुन्दरकला देवीको बारेमा सोधीखोजि गर्दा घाँस काट्ने ठाउँबाट उनी आफूभन्दा पहिले घर जान लागेको भनेर निस्केको र बाटोबाट हराएको भन्दै कुशेले जवाफ दिएपछि माइती पक्षले शङ्का गर्दै आएको थियो ।
माइती पक्षले साउन ३० गते उजुरी दिएपछि उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर र ढल्केवरबाट संयुक्त टोली खटेर महेन्द्रराजमार्ग छेउको भैंसे खोला किनारमा सुन्दरकला देवीको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घाँटीको बायाँ भागमा बञ्चरो प्रहार गरी सुन्दरकलाको हत्या गरी दाउराले छोपेर जलाउने प्रयास पनि गरिएको तर, शव जल्न नपाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पोखरेलले जानकारी दिएका छन् ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…