बञ्चरेडाँडा ल्याण्डफिलसाइटमा फोहर विसर्जनमा अवरोध गरेको आरोपमा १३ जना गिरफ्तार
काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिदैं आएको बञ्चरेडाँडामा नुवाकोट र धादिङका स्थानीय चैत २४ गते अवरोध गरेको आरोपमा प्रहरीले १३ जनालाई गिरफ्तार गरेको छ ।
विगतमा भएको सहमति कार्यन्वयनमा माग गर्दै स्थानीयले नुवाकोट ककनी गाउँपालिकाको सिसडोलमा भेला भएर बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट जाने सडक अबरोध गरेको ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’नुवाकोट–धादिङका संयोजक श्रीराम ढुंगानाले बताउनु भयो ।
उक्त समितिको नेतृत्वमा फोहोर विसर्जनमा अवरोध भएपछि प्रहरीले बल प्रयोग गरी संयोजक ढुंगानासहित १३ जनालाई गिरफ्तार गरी बालाजु प्रहरी वृत्त, काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोट डिएसपी तिलक भारतीले बताउनु भयो । संयोजक ढुंगाना बाहेक अरुको नाम खुल्न बाँकी रहेको डिएसपी भारतीले बताउनु भयो ।
यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेका थिए ।
गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका ११ बुँदे मागको सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिएको स्थानीयले बताएका छन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…