बझाङ उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

  २०८१ वैशाख १५

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

९३ ओटा मतदान केन्द्र र ७४ ओटा मतदानस्थल रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्ब्र १ मा निश्पक्ष र भयरहीत अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय, बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीले बताउनु भयो ।

photo20240427bajhang (2)

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ क मा ६१ हजार ७ सय ६८ जना मतदाता रहेकोमा ४९.७ प्रतिशत अर्थात ३० हजार ३ सय २८ मत खसेके मुख्य निर्वाचन अधिकृत सुदर्शत लामिछानेले बताउनु भयो ।  साइपाल गाउँपालिका वडा नम्बर ३,४,५  बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणना स्थल सदरमुकाम चैनपुर तर्फ लैजाने कार्यभइरहेको जिल्ला निर्वाचन कार्यालय, बझाङका प्रमुख मानबहादुर धामीले बताउनु भयो ।

photo20240427bajhang (1)

सबै मतमेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेकोले मतपेटिकाहरु ल्याइएपछि मतगणना जारी गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्विबहादुर सिंहको जिप दुर्घटनामा मृत्यु भएपछि बझाग् प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन सम्पन्न भएको हो ।

बझाङमा मतदानमा सहभागी हुँदै किरियापुत्री । फोटोः सत्यराज सिंह
बझाङमा मतदानमा सहभागी हुँदै किरियापुत्री । फोटोः सत्यराज सिंह

photo20240427bajhang (3)


सत्यराज सिंह