बझाङका सुत्केरीले ११ महिनासम्म पाएनन् भत्ता
बझाङका सुत्केरी महिलाहरूले ११ महिनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहन बापतको भत्ता नपाएको गुनासो गरेका छन् ।
उनीहरूले साउन महिनादेखि सुत्केरीे भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माए बापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रति महिना ३ हजार ८ सय रुपियाँ दिँदै आइरहेको भएपनि जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरी महिलालाई भत्ता नदिएको पाइएको छ ।
‘अस्पतालमा बच्चा जन्मेपछि राज्यले रकम दिन्छ भन्ने उद्देश्यले केही महिनाअघि सुत्केरी ब्यथा लागेर अस्पताल भर्ना गरेँ । बच्चाको जन्म भयो । डिस्चार्ज भएको पनि धेरै भयो । तर, अस्पतालले सुत्केरी भत्ता अझै पाइएको छैन ।’–तल्कोट गाउँपालिका–९ का सोमबहादुर थापाले भने । थापाकी पत्नी रुपादेवी थापाले पाउनुपर्ने सो रकम अझै नपाएको सोमबहादुरले बताए ।
परिवार स्वास्थ्य महाशाखा काठमाडौँले रकम नपठाइदिँदा सुत्केरीलेलाई सो भत्ता वितरण गर्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बझाङका प्रमुख डा .सन्दिप ओखेडाले बताए ।
स्थानीय तहमार्फत रकम उपलब्ध हुने भएता पनि अहिलेसम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यको लागि केही रकम स्थानीय तहको खातामा आइसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा .सन्दिप ओखेडाले बताए । ११ महिना यता अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या ५ सय ३५ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
रमेश केसी
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…